काठमाडौं । आजको प्रतिनिधि सभामा सांसद विमला विकले संसद् भवनभित्र जहिल्यै पाँच मिनेट घण्टी बज्नुपर्नेमा २५ मिनेटसम्म बज्दा घडी बिग्रियो कि भनेर हेर्दा मन्त्री नआएर लामो समय घण्टी बजेको थाहा लागेको भन्दै व्यङ्ग्य गरिन् ।
सांसद डा विजय सुब्बाले सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पनि उपस्थित नहुँदा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफलको कतिको सार्थकता हुन्छ भनेर प्रश्न गरे ।
सांसद दिव्य मणि राजभण्डारीले प्रतिपक्षी सांसदले मन्त्रीहरूको अनुपस्थितिबारे प्रश्न उठाउँदा आफूहरू पनि नाजवाफ हुनु परेको अनुभव सुनाए ।
सभामुखले केहि मन्त्रीहरू विदेश गएको र मन्त्रालयको जिम्मेवारी फलानो फलानो मन्त्रीलाई दिएको भनेर बताएका थिए ।