arrow

मलामी गएका दुई युवकको डुबेर मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
malamis.jpg

नेपालगन्ज । बाँकेको राप्ती नदिमा मलामी गएका दुई जना युवकको नुहाउन क्रममा डुबेर मृत्यु भएको छ।

बुधबार दिउँसो करिब साढे ४ बजे डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती पुलमा नुहाउने क्रममा सिमिकोट गाउँपालिका वडा ८ हुम्लाका १८  वर्षीय त्रिबल शाही र वर्ष २१ कै लेखराज छतयाल पुल नजिक नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

 नुहाउने क्रममा  ती दुई युवक पौडी खेल्न नआएका कारण डुबेर बेपत्ता भएको हुन सक्ने प्रहरीले जनाएको छ। हुम्ला घर भई नेपालगन्ज १ धम्बोझीमा कोठा लिएर बस्दै आएका उनीहरू मलामी गएका थिए। साँझ अबेर सम्म घर नआएपछि राप्ती नदीमा खोज तलास गर्ने क्रममा नदीको छेउमा उनीहरूले लगाएको कपडा  र मोबाइल फेला परेपछि उनीहरू नदीमा डुबेको आंशका गरिएको थियो।

रातीसम्म उनीहरूको खोजी कार्य गर्दा फेला नपरेपछि बिहीबार  बिहान पुनः नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजतलास गर्दा उनीहरूको शव फेला पारिएको बाँके प्रहरीले जानकारी दिएको छ। मृतक युवकहरू नेपालगन्ज १ स्थित धम्बोझी माविबाट कक्षा १२ को परीक्षा दिएर बसेका थिए। दुवैको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल लगिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ