arrow

लागुऔषधसहित एक युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
Bijay.jpg

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनका ३२ वर्षका विजय परियार रहेका छन् ।

सुनौलीदेखि पोखरातर्फ आउँदै गरेको लु१ख ९०७७ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा परियार पक्राउ परेका हुन् । 

बिहीबार दिउसो स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १ तीनधारेस्थित सिद्वार्थ राजमार्गमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृतसहितको टोली परियारलाई पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । 

परियारको साथबाट लागुऔषध डाईजेपाम ४५-एम्पुल, नुर्फिन ४५-एम्पुल, फेनरागन-४५ फेला पारी बरामद भएको उनले थापाले बताए । परियारलाई अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अघि बढाइएको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ