arrow

पेरुलाई हराउँदै अष्ट्रेलिया छानियो कतार विश्वकपमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
australia-world-cup-2022.jpg

काठमाडौं । एसियाली मुलुक अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ । अन्तरमहादेशिय छनोटमा पेरुलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकपमा छानिएको हो । सोमबार राति भएको खेलमा निर्धारित ९०  र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । 

जहाँ पेनाल्टीमा समेत ४–४ को बराबरी भएपछि खेलको नतिजा सडन डेथमा भएको थियो । अष्ट्रेलियाका भेट्रान गोलरक्षक आन्द्रे रेडमायने नायक बने । ३३ वर्षीय खेलाडीले पेरुका एलेक्स भालेराको पेनाल्टी बचाए । 

यससँगै एसियाबाट जापान, साउदी अरेबिया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरी ६ टिमले विश्वकपमा सहभागीता जनाउने भएका छन् ।  

विश्वकपमा खेल्ने ३२ टिममध्ये अब एउटामात्र टिमको छिनोफानो हुन बाँकी छ । आज राति कोस्टारिका र न्यूजिल्याण्डबीचको प्लेअफ सकिएपछि सबै टिमको छिनोफानो हुनेछ । 



नयाँ