काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले निष्क्रिय भएर बसेका यान्त्रिक कुचो (ब्रुमर) हरूको मर्मत भएर काम शुरु हुन थालेको जानकारी दिएका छन् । आजदेखि ५ वटा ब्रुमरले काठमाडौं सफाइ गर्न थालेका छन् ।
केही ब्रुमर चालकको करार अवधि सकिएकाले दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । बिहीबारबाट ९ वटा यान्त्रिक कुचो (ब्रुमर) ले सफा गर्ने जानकारी दिएका छन् ।
भोलिदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमरहरुले नियमित सफा गर्ने उनले बताएका छन् ।
उनले भनेका छन्,' वर्षायाम भएकाले केही असहजता पक्कै हुने छैन तर आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगी सिद्ध हुनेछन् भन्ने विश्वास छ ।'