arrow

निष्क्रिय यान्त्रिक कुचो मर्मतपछि सञ्चालनमा, काठमाडौंमा सफाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
broomer.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले निष्क्रिय भएर बसेका यान्त्रिक कुचो (ब्रुमर) हरूको मर्मत भएर काम शुरु हुन थालेको जानकारी दिएका छन् । आजदेखि ५ वटा ब्रुमरले काठमाडौं सफाइ गर्न थालेका छन् । 

केही ब्रुमर चालकको करार अवधि सकिएकाले दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । बिहीबारबाट ९ वटा यान्त्रिक कुचो (ब्रुमर) ले सफा गर्ने जानकारी दिएका छन् । 

भोलिदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमरहरुले नियमित सफा गर्ने उनले बताएका छन् । 

उनले भनेका छन्,' वर्षायाम भएकाले केही असहजता पक्कै हुने छैन तर आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगी सिद्ध हुनेछन् भन्ने विश्वास छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ