स्वर्गद्धारी गएर फर्केको भारतीय नम्बर प्लेटको जिप दुर्घटनामा, एकको मृत्यु आठ घाइते
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
969
Shares
प्यूठान । प्यूठानको स्वर्गद्धारी नगरपालिका–४ भिंग्रीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारत घर भएका ६५ वर्षिय बिक्की नाउ रहेका छन् । स्वर्गद्धारी दर्शन गरी भारततर्फ फर्किदै गरेको भारतीय नम्बर प्लेटको जिप आज बिहान पौने ११ बजे अनियन्त्रित भई पल्टिएको थियो ।
चालक सहित घाइते भएका आठ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।