arrow

जसले साइकल मै भित्राए बेहुली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
sikalbibaha.jpg

काठमाडौं । एक बेहुलाले साइकलमै बेहुली भित्राएका छन् ।  व्यास नगरपालिका–१० का २६ वर्षीय विनोद सापकोटाले साइकलमै बेहुली भित्राएका हुन् । 

पेट्रोलियम पदार्थ को मूल्य बुद्धि भएपछि खपत घटाउन सन्देश दिँदै उनले साइकलको प्रयोग गरेका हुन् । 

बेहुला सापकोटा बेहुली सङ्गीता भुजेल लिन साइकलमा ४ किलो मिटर दुरी पार गरी सदरमुकाम दमौलीमा पुगेका थिए । 

बेहुला सापकोटा साइकल खेलाडी हुन् । ‘यस्तो विवाहले विवाहको लागि ऋण खोज्नु पर्दैन भन्ने सन्देश दिएको छ’ भुजेलले भने । 

उनले इलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ