arrow

बाढीले पुलमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ११ शनिबार
badhi-bridge.jpg
फाइल तस्वीर

सिन्धुपाल्चोक । गएराति आएको बाढीले मेलम्ची नगरपालिका-११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । 

बाढीको त्रासले  मध्यरातमा  हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु-२ का प्रभा भण्डारीले बताए । 

गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए । यसबाट वडा नं. ६ का नागरिक प्रभावित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ