arrow

माछा मार्न गएका बेला राप्ती नदीको बाढीमा फसेका दुई महिलाको उद्दार

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ असार ११ शनिबार
badhi-uddar-rapti-nadi-2079-03-11.jpg

नेपालगञ्ज । बाँकेको राप्ती नदीको बाढीमा फसेका दुई जना महिलाहरुलाई प्रहरीले सकुशल उद्दार गरेको छ । माछा मार्न राप्ती नदीमा गएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ का ३५ बर्षीया प्रदेशनी थारु र ४० वर्षीया मीना थारु बाढीमा फसेको खबर पाए लगत्तै गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले प्रहरी चौकी कचनापुरलाई तत्काल उद्दारमा खटिन भनेका थिए । 

त्यस पश्चात् प्रहरी सहायक निरीक्षक विष्णु खड्काको टोलीले शनिबार दिउँसो लालपुर घाटको टापुबाट उनीहरुको उद्दार गरेको हो । माछा मार्न गएका उनीहरु राप्ती नदीको बाढीमा फसेको खबर पाए लगत्तै गएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे बग्दैला घाटनजिकबाट उद्दार गरेको प्रहरी सहायक निरीक्षक खड्काले जानकारी दिएका छन् । उद्दार पश्चात् उनीहरुलाई आफन्तको जिम्मा लगाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ