arrow

कृषिमा लगानी अन्तै चलानी, ११ महिनामा १६ अर्ब बढीको फलफूल भित्रियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
falful-fruit-bikri-badhyo.jpeg

काठमाडौं । चालु आर्थिक वर्ष २०७८–०७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५० हजार रुपैयाँको फलफूल भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको फलफूल नेपाल भित्रिएको हो । 

सो अवधिमा नेपालमा १ अर्ब ५७ करोड ४७ लाख ५३ हजार रुपैयाँको केरा नेपाल भित्रिएको छ । सोही समयमा १२ करोड ४ लाख ६२ हजार रुपैयाँको भुँइकटहर नेपालले आयात गरेको छ । 

पछिल्लो एघार महिनामा नेपालले ६ करोड ९१ लाख रुपैयाँको एभोकार्डो, ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँको आँप र अम्बा, १ अर्ब २४ करोड ८६ लाख २१ हजार रुपैयाँको सुन्तला र २ अर्ब ४२ करोड ७० लाख १६ हजार रुपैयाँको अङ्गुर आयात गरेको छ । 

विभागको तथ्याङ्क अनुसार सोही समयमा ५१ करोड ३१ लाख ९१ हजार रुपैयाँको खरबुजा, २३ करोड ४०लाख २ हजार रुपैयाँको मेवा, ६ अर्ब ६५ करोड ११ लाख ९९ हजार रुपैयाँका स्याउ र ६ करोड २२ लाख ६९ हजार रुपैयाँको किवी नेपाल भित्रिएको छ । 

बितेको एघार महिनामा १ अर्ब ९ करोड ३ लाख ९८ हजार रुपैयाँको अनार र ३ करोड ८७ लाख ६६ हजार रुपैयाँको लिची पनि नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । 

कृषिप्रधान देशको कथा 
नेपाल कृषि प्रधान देश हो । यसमा शंका छैन । तर अधिकांश खाद्यपदार्थ विदेशबाट आयात गरेपछि यो आफैमा हाँस्यास्पद बन्दै गएको छ । अर्कातर्फ कृषिको बजेट धेरै छ । तर यसको आम्दानी कम छ । 

लगानी कृषिमा भए पनि चलानी भने अन्तै हुने गरेको स्पष्टै छ । अनुदानका नाममा मोटो रकम भ्रष्टाचार हुने गरेको पाइएको छ । कृषिभित्र बेइमानी बढी भएका कारणले गर्दा पनि सोचेअनुसारको उत्पादन हुन नसकेको हो । 

अनुगमनमा कडाइ नगरेसम्म कृषिमा हुने लगानीले सोचेअनुसारको प्रतिफल नदिने निश्चित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ