arrow

 रेशम चौधरीको पार्टीमा लक्ष्मण थारुको प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
resham-chaudari.JPG

काठमाडौं । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु प्रवेश गरेका छन् । थारुसहित ५० जनाभन्दा बढी आइतबार नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीले स्वागत गरिन् । 

पार्टी प्रवेश गर्नेहरूमा रामकुमार चौधरी, मोहनलाल चौधरी, बिन्दु चौधरी, सीताराम चौधरी, गणेश चौधरी, रञ्जित चौधरी, वासुदेव चौधरी, लोकबहादुर लौहार, राजीव कार्की, रामलाल थारु, मोतीलाल चौधरी, जगत चौधरी, शिवलाल चौधरी, दीपक चौधरी, शकुन्तला विक, भरत विकलगायत रहेका छन् । रौतहटबाट मनोज चौधरी र कृष्णकान्त चौधरी पनि पार्टी प्रवेश गरेका छन् । 

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य रामलाल दमला थारुले हिमाल, पहाड र तराईका सबै नेपालीहरूको अधिकार प्राप्तिको लागि स्थापना भएको स्पष्ट पारे । पछिल्लो समय पार्टीप्रति ठूलो आकर्षण देखिएको पनि उनको भनाई छ । त्यस्तै, नवप्रवेशी सुरेन्द्र चौधरीले नागरिक उन्मुक्ति पार्टी राज्यले गरेको उत्पीडनको विरुद्धमा स्थापना भएको भएको बताए । 

लक्ष्मण थारुले नेपालका नेताको कारण निर्दोष नेता रेशम चौधरी जेलमा बस्न बाध्य भएको पनि टिप्पणी गरे । उनले राज्यले सुनियोजित रुपमा फसाएका राम्रा व्यक्तिहरू रेशम चौधरी र लक्ष्मण थारु आज एकै ठाउँमा जोडिएकोमा खुशी लागेको प्रतिक्रिया दिए । टिकापुर घट्नाको स्मरण गराउँदै उनले शान्तिपूर्ण आन्दोलनको क्रममा गैर राजनीतिक रूपले अनागरिकजस्ता विभिन्न ट्याग लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर रेशम चौधरीलाई थुनाएको टिप्पणी गरे । 

उनले रेशम चौधरीजस्तो निर्दोष र इमानदार व्यक्तिलाई फसाउने नेताहरूलाई चुनौती दिन आफ्नो पार्टी तयार रहेको पनि बताए । उनले भने,‘अब हामी अभियान लिएर देशको यात्रामा हिँडेका छौं । राष्ट्र निर्माणको लागि जनजातिको भूमिका देखाउन आज नागरिक उन्मुक्ति पार्टी प्रवेश गरियो ।’

हिमाल, पहाड र तराईलाई नजोडीकन देशको विकास नहुने भन्दै उनले भने,‘हिमाल भनेको सम्पत्ति हो, तराई–मधेस खाद्यान्नको भण्डार हो। पहाड नगद हो । यी तीन कुरा नजोडीकन देश समृद्धिको यात्रामा जान सक्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ