arrow

लागूपदार्थ विरुद्धको दिवसमा युवा सचेतना कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
sudar-pro.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले युवा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । युवाले गरे अध्यात्मको विकास लागूपदार्थ रहित बन्ने छ हाम्रो समाज भन्ने नाराको साथ गरिएको कार्यक्रममा १५० युवाहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा सोभर सुधार केन्द्रका सञ्चालक तथा अभियन्ता सोभर बाङ डीले आफ्ना अनुभवहरू सुनाएका थिए । उनले आफू कसरी दुर्व्यसनमा फसेको र त्यसबाट सुधारसम्म कसरी आउन सके भनेर सुनाएका थिए । May be an image of 3 people and people standing

साथै कार्यक्रममा अध्यात्मबाट युवाको जीवन ल्याउन सकिने रुपान्तरणका विषयमा छलफल तथा सामूहिक कार्य गरिएको थियो । कार्यक्रममा युवसंगठनका युवाहरूले 'सङ्गतको फल' विषयक नाटक प्रस्तुत गरेर लागूपदार्थ निरुत्साहितको जनचेतना फैलाउने काम गरेका थिए । 

कार्यक्रममा बाग्मती प्रमुख महात्मा लता बाइजी र युवा वक्ता राजीव पौडेलले कसरी ध्यान साधनाबाट मनलाई सन्तुलित राखी लागूपदार्थ रहित जिवन जिउन सकिन्छ भनेर प्रस्टाएका थिए ।   

 

May be an image of 5 people, child, people sitting and people standing

May be an image of 10 people, people standing, indoor and text that says 'विकास पदार्थ रहि बन म्रोसमा BE CLEAN अवैध तस्करी विरुद्ू दिवसको अवसरमा तना STOP SMOKING 界 मानवघर्न नव धम सेवा'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ