arrow

विश्वभरबाट दक्ष युवा भित्र्याउने रणनीतिमा बेलायत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
uk-visa-british-hpi.jpg

काठमाडौं । हालैका वर्षहरूमा धेरै देशहरूले दक्ष पेशाकर्मी र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्ने उद्देश्यले आफ्ना आप्रवासी नीतिहरू परिमार्जन गरेका छन्। क्यानडाले यो रणनीतिको नेतृत्व गरेको छ भने अन्य धेरै देशहरूले यसलाई पछ्याएका छन् ।

बेलायत अर्थात् युनाइटेड किंगडम (यूके) ले अघि सारेको हाइ पोटेन्सियल इन्डिभिजुअल (एचपीआई) यसै रणनीतिको महत्वपूर्ण उदाहरण हो । यस योजना अन्तर्गत विश्वव्यापी शीर्ष ५० र्यांकमा रहेका विश्वविद्यालयबाट स्नातक गरेका विद्यार्थीहरुले यूकेमा वर्क भिसाको लागि आवेदन दिन सक्छन् ।

यी विश्वविद्यालयको र्याङ्किङ टाइम्स हायर एजुकेशन वर्ल्ड युनिभर्सिटी र्याङ्किङ, क्वाक्वेरेली साइमन्ड्स वर्ल्ड युनिभर्सिटी र्याङ्किङ वा विश्व विश्वविद्यालयहरूको एकेडेमिक र्याङ्किङ मध्येले गरेको हुनुपर्छ ।

योजना अन्तर्गत स्नातक वा मास्टर डिग्री गरेका विद्यार्थीहरूले २ वर्षको भिसा आवेदन दिन सक्छन् भने पीएचडी डिग्री भएकाहरूले ३ वर्षको भिसाको लागि आवेदन दिन सक्छन् ।

यदि कोर्स विद्यार्थी भिसाको लागि योग्य छैन भने मात्रै एचपीआई अन्तर्गत विद्यार्थी भिसाको लागि आवेदन दिन पाइने छ । एचपीआई योजनाका लागि योग्य संस्थाहरूमध्ये हार्वर्ड र एमआईटीजस्ता २० अमेरिकी विश्वविद्यालय, युरोप, अष्ट्रेलिया, हङकङ, जापान र चीनका विश्वविद्यालयहरु रहेका छन् ।

युके चान्सलर अफ द एक्स्चेकर ऋषि सुनकले एचपीआईको सन्दर्भमा बोल्दै भनेका छन्, 'यस मार्गले यूकेलाई इन्नोभेसन, क्रिएटिभिटी र उद्यमशीलताको लागि अग्रणी अन्तर्राष्ट्रिय हबको रूपमा विकास गर्नेछ।'

बोरिस जोनसन सरकारले ल्याएको पोइन्ट प्रणालीमा आधारित एचपीआई ब्रेक्सिटपछिको अध्यागमन नीतिको हिस्सा हो ।

एचपीआई रुटको एउटा प्रमुख कमजोरी भनेको चिनियाँ विश्वविद्यालयहरू बाहेक एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका विकासोन्मुख देशहरूका संस्थाहरूलाई यस कार्यक्रमका लागि योग्य हुने विश्वविद्यालयहरूको सूचीबाट बाहिर राखिएको छ। यसले विकासशील देशका प्रतिभाशाली व्यक्तिहरूलाई गलत सन्देश दिन्छ ।

उल्लेखनीय रूपमा यूके विकासशील देशहरू विशेष गरी भारत, पाकिस्तान, बंगलादेशको ठूलो डायस्पोरा मात्र होइन यसभन्दा बढी ठूलो संख्यामा पेशाकर्मी र दक्ष कामदार छन् । युकेमा भारतीय विद्यार्थीहरू अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा तेस्रो ठूलो समूहको रूपमा रहेका छन्। 

सन् २०२२ मा भारतबाट स्नातकका लागि आवेदन दिने विद्यार्थीहरुको संख्या ८ हजार ८ सय ६० अनुमान गरिएको थियो । यो संख्या सन् २०१९ को ४ हजार ६ सय ९० आवेदनको झण्डै दोब्बर थियो ।

अर्को कमजोरी यो हो कि एचपीआई कार्यक्रम अन्तर्गत संस्थाको गुणस्तरलाई व्यक्तिगत क्यालिबर भन्दा बढी प्राथमिकता दिइएको छ। विशेष गरी विकासशील देशहरूबाट धेरै प्रतिभाशाली व्यक्तिहरू एचपीआई अन्तर्गत योग्य हुने शीर्ष संस्थाहरूमा पुग्न सक्षम छैनन् ।

विभिन्न पेशामा उत्कृष्टता हासिल गरेका यूकेमा रहेका धेरै प्रवासीहरूले एचपीआईद्वारा मान्यता प्राप्त संस्थाहरूमा अध्ययन गरेका छैनन् ।

दक्ष पेशाकर्मीलाई आकर्षित गर्नुका साथै यूकेले थप अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्ने प्रयाससमेत गरेको छ। 

यूकेले सन् २०३० सम्म ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भित्र्याउने लक्ष्य राखेको छ जुन संख्या हाल करिब ५ लाख ५० हजार छ ।

यसबाहेक अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्ने उद्देश्यका साथ यूकेले जुलाई २०२१ मा स्नातक भिसा पोस्ट स्टडी वर्क भिसाको रूपमा अघि सारेको थियो। 

यस व्यवस्था अन्तर्गत यूकेका शीर्ष विश्वविद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीहरूले आफ्नो सम्बन्धित कोर्स पूरा गरेपछि तीन वर्षसम्म काम गर्न पाउछन् ।

सन् २०१८ र १९ को तथ्यांक अनुसार यूकेमा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले युकेको अर्थतन्त्रमा ३५.९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक लाभमा योगदान दिएका थिए ।

धेरै लामो समयदेखि चिनियाँ विद्यार्थीहरू यूकेको अन्तर्राष्ट्रिय विद्यार्थी समुदायमा सबैभन्दा ठूलो समूहको रूपमा रहेका छन् । यद्यपि हाल अन्य देशका विद्यार्थीहरु आकर्षित गर्ने प्रयास भइरहेको छ ।

तथापि चिनियाँहरू अझै पनि सबैभन्दा प्रभावशाली समूह हुन्। सन् २०१९ र २० मा प्रथम वर्ष स्नातक र स्नातक कोर्सका लागि भर्ना भएका भारतीय विद्यार्थीहरू ४१ हजार ८ सय १५ जना थिए । सन् २०२० र २१ मा यो संख्या ५३ हजार १५ पुगेको थियो । महामारीपछिको अवस्थामा यो संख्या झनै बढ्ने ठानिएको छ ।

सन् २०२१ मा प्रकाशित एक प्रतिवेदनमा यूकेले ब्राजिल, इन्डोनेसिया र भियतनाम जस्ता विकासोन्मुख देशहरूबाट धेरै विद्यार्थीहरूलाई आकर्षित गर्ने सम्भावना रहेको उल्लेख थियो ।

विश्वभरबाट ट्यालेन्ट र इन्टेलिजेन्ट व्यक्ति एवं दक्ष पेशाकर्मीलाई आकर्षित गर्ने यूकेको एचपीआई योजना झन सफल हुन अझैं समावेशी हुनुपर्ने भने देखिन्छ ।

विश्वका अन्य भागहरूसँगको ऐतिहासिक सम्बन्ध, भौगोलिक स्थान, सफ्ट पावर र अन्य धेरै सुविधाहरूलाई ध्यानमा राख्दै यूकेसँग थप दक्ष पेशाकर्मीका साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्ने क्षमता छ। तर यसका लागि स्पष्ट दृष्टिकोण, साहसी राजनीतिक नेतृत्व र इन्नोभेटिभ सोच आवश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ