नारा लगाएर मात्र केही हुनेवाला छैन, व्यवसायीको समस्या समाधान गर्न प्रतिबद्ध छौं : गोल्छा
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
1.1k
Shares
जनकपुरधाम। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशको तेस्रो साधारण सभामा अध्यक्ष गोल्छाले पछिल्लो समय अर्थतन्त्रमा तरलता देखिएपछि उद्योगी व्यवसायीहरू झन् मारमा परेको भन्दै समस्या समाधानका लागि आफूहरू प्रयास गरिरहेको जानकारी गराए।
सभामा अध्यक्ष गोल्छाले कोरोना संक्रमणका कारण धारासायी बनेको उद्योग क्षेत्र बिस्तारै उठ्न लागेकै बेला रुस र युक्रेन युद्ध लगायत कारणले फेरि यो क्षेत्र समस्यामा परेको बताए । आफू नेतृत्वको महासङ्घ उद्योगीहरूको समस्या समाधानका लागि लागि परेको गोल्छाले बताए ।
हल्ला गरेर मुर्दावादको नारा लगाएर मात्र केही हुनेवाला छैन उनले भने, ‘सरकारसंग समन्वय गरेर पनि समाधानका पहल खोज्न सकिन्छ ।
सभामा महासङ्घ मधेस प्रदेशका अध्यक्ष गणेश लाठ, निवर्तमान अध्यक्ष शिव शङ्कर साह हिरा, वरिष्ठ उपाध्यक्ष राजेश अग्रवाल, बागमती र लुम्बिनी प्रदेशका अध्यक्षहरू, प्रदेशका उद्योगी व्यवसायी, विभिन्न स्थानका जनप्रतिनिधिलगायत सहभागी भएको थियो ।