arrow

किशोरीमाथि बलात्कार प्रयास, पोखराका फेन्सी व्यवसायी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
chabilal-gautam.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १५ वर्षकी किशोरीलाई जबरजस्ती बलात्कार प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको चिप्लेढुंगास्थित शिला फेन्सीका सञ्चालक छविलाल गौतम रहेका छन् ।

गौतमले बुधबार बिहान आफ्नै पसलमा काम गर्ने स्याङ्जाकी किशोरीलाई जबरजस्ती बलात्कार गर्न खोजेको आरोप छ । प्रहरीका अनुसार उक्त फेन्सीमा किशोरीले बुधबार बिहान देखिनै काम गर्न शुरु गरेकी थिइन् ।  

कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार पीडित किशोरीको परिवारको उजुरीका आधारमा  घटना भएको करिब दुई घण्टापछि नै गौतमलाई बुधबार नियन्त्रणमा लिई यौनजन्य दुर्व्यवहार मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गराई परिवारको जिम्मा लगाइसकिएको छ । 

श्रोतका अनुुसार सञ्चालक गौतमले किशोरीसंग अन्य दिन बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म काम गर्न शर्त राखेपनि असार १५ को दिन बुधबार बिहानै काममा बोलाएका थिए । बिहानै खाना बोकेर पसल आइपुगेकी किशोरीलाई गौतमले पसलको माथिल्लो तलामा लगेर बलात्कार प्रयास गरेका थिए । किशोरी गौतमको पञ्जाबाट फुत्किएर भागेर परिवारको सम्पर्कमा पुगेकी थिइन् । त्यस लगत्तै परिवारसंग मिलेर उनले प्रहरीमा उजुरी दिएकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ