स्थानीय तह निर्वाचनबारे तयार पारिएको प्रतिवेदन पारित
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
761
Shares
काठमाडौं । नेपाली कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।
कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिको बिहिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो ।
बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा समितिका सदस्यले दिएको सुझावलाई समेटेर तयार पारिएको प्रतिवेदनका बारेमा छलफल गरी प्रतिवेदन पारित गरिएको कांग्रेस स्थानीय तह निर्वाचन समितिका सचिवालय संयोजक नानु बाँस्तोलाले जानकारी दिइन् ।
उनले आवश्यक सुझावलाई समेटेर तयार पारेको उक्त प्रतिवेदन कांग्रेस केन्द्रीय समितिको बैठकमा पेश गरिने बताइन्।
“७७ वटै जिल्लामा स्थानीय तह निर्वाचनमा के कस्तो अवस्था रह्यो, कुन प्रदेशमा कांग्रेसको अवस्था कस्तो भयो, गठबन्धनका दलसँग निर्वाचनमा भएका कमी कमजोरी र उपलब्धिका बारेमा छलफल गरेर प्रतिवेदन तयार गरेका हाँै”, उनले भनिन् । ---