arrow

सी चीनफिङले भने- हङकङमा ‘एक देश, दुई व्यवस्था’ रहिरहन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
hongkong-xi-jinping.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङले हङकङको 'एक देश, दुई प्रणाली'  शासन सूत्र परिवर्तन गर्ने कुनै कारण नभएको बताएका छन् । विश्वको आर्थिक हबका रुपमा रहेको हङकङका नयाँ नेता जोन लीको शपथ ग्रहणपछि शुक्रबार सीले  यस्तो टिप्पणी गरेका हुन् ।

कम्तीमा सन् २०४७ सम्म व्यापक स्वायत्तता, व्यक्तिगत अधिकार र न्यायिक स्वतन्त्रता दिने बेइजिङको प्रतिज्ञासँगै बेलायतले १ जुलाई १९९७ मा हङकङ चीनलाई फिर्ता गरेको थियो ।

चीनका आलोचकहरूले अधिकारीहरूले ती स्वतन्त्रताहरूलाई कुल्चिएको आरोप लगाएका छन् । प्रजातन्त्र समर्थक विरोध प्रदर्शन र त्यसपछि सन् २०२० मा बेइजिङले त्यहाँ राष्ट्रिय सुरक्षा कानून लगाएपछि यस्तो आलोचना झनै बढेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार चीनले हस्तान्तरणका प्रतिबद्धताहरू पूरा गर्न असफल भएको बताएका छन् ।

चीन र हङकङले यो आरोपलाई अस्वीकार गर्दै शहरको समृद्धि होस् भन्ने हिसाबले 'अराजकताबाट व्यवस्था पुनर्स्थापित गरेको' बताएको छ ।

सीले 'एक देश, दुई प्रणाली' को सूत्र चीनको 'व्यापक क्षेत्राधिकार' अन्तर्गत सफल भएको बताएका छन् ।

'यस्तो राम्रो प्रणालीको लागि, यसलाई परिवर्तन गर्ने कुनै कारण छैन । यसलाई दीर्घकालीन रूपमा कायम राख्नुपर्छ,' सीले अघि भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ