arrow

दुई करोड झ्वाम पार्ने मुद्दा धेरैलाई भारी, प्रधानन्यायाधीश चोलेन्द्रका भाइ प्रभु पनि तानिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
cholendra-shemshar-prabhu-.jpg

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन दुई करोड रुपैयाँ झ्वाम पार्ने डिल भएको अडियो प्रकरणमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाइ प्रभु शमशेर जबरा पनि तानिएका छन् । 

सो अडियो बाहिरिएपछि बनेको न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी नेतृत्वको छानविन समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रारम्भिक ब्रिफिङ गर्दा सो प्रकरणमा प्रभु पनि तानिएको ब्रिफिङ गरेका थिए । 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार समितिले घटनामा न्यायाधीश राजकुमार कोइरालाको संलग्नता देखिने केही आधारहरु प्राप्त गरेको ब्रिफिङ गरेको छ ।

 ‘प्रभु शमशेर बिचौलियाको रुपमा देखिएका छन्’, स्रोतले भन्यो । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरका भाइ प्रभुको समेत यो घटना र अन्य घटनाहरुमासमेत बिचौलियाको रुपमा संलग्नता देखिएको भन्दै उनीमाथि अनुसन्धान अघि बढ्ने संकेत गरिएको छ । 

समितिले प्रधानमन्त्रीलाई गरेको ब्रिफिङ अनुसार जबराका अरु धेरै विषयहरु पनि रहेकाले उनीमाथि छानबिन आवश्यक रहेको जनाइएको थियो ।  

प्रभुशमशेर जवराका अन्य थुप्रै सेटिङमासमेत संलग्नता देखिएको भन्दै उनीमाथिसमेत अनुसनधान अघि बढाउनु पर्ने निश्कर्ष छानबिन समितिले गरेको छ ।

न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी संयोजक र पाटन उच्च अदालतका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल रहेको छानबिन समिति असार ८ गते गठन गरिएको थियो । 

अडियो प्रकरणमाअधिवक्ता रुद्र पोखरेल आफूले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशसम्मलाई मिलाउने आश्वासन दिएको सुन्निछ । 

जसका आधारमा सो घटनामा जबराको संलग्नताबारेसमेत छानबिन समितिले अनुसनधान गरिरहेको छ । सोही क्रममा उनका भाइ प्रभु शमशेरको संलग्नता खुलेको स्रोतको दाबी छ । 

प्रभु शमशेरले अदालतमा सेटिङको राज चलाएको अकुत आर्जन गरेको भनी सम्पत्ति शुद्धीकरण विभागलेसमेत अनुसन्धान गरिरहेको छ । प्रा.डा. गोविन्द केसीले समेत उनीमाथि छानविन गरिनु पर्ने माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका थिए ।

सो अडिओमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौला पनि जोडिएका थिए । अधिवक्ता पोखरेलले तामाङलाई १० करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गराउन उनीहरुसँग पनि कुरा गर्ने बताएको सुनिन्छ । 

अडिओमा अधिवक्ता पोखरेलले तामाङलाई १० करोड धरौटीमा छाड्ने आदेश गरे २ करोड रुपैयाँ घुस आउने बताएका छन् । उक्त आदेश उच्च अदालतबाट नउल्ट्याउने सेटिङ पनि मिलाउने उनको कुरा छ । 

अडिओमा न्यायाधीश कोइरालाले यो विषय सार्वजनिक भए आफ्नो जागिर जान सक्ने आशंका गरेका छन् । तर चोलेन्द्रबाटै संकेत आए छाड्न सकिने आशय उनको सुनिन्छ । 

सिभिल सहकारीका पूर्वअध्यक्ष तथा पूर्व सांसद तामाङ र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई गत पुस १४ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । 

उक्त ठगी प्रकरणमा १२ जना पक्राउ परेका थिए । ४२ जनालाई प्रतिवादी बनाइएको थियो । जसअनुसार इच्छाराज र केशव थुनामा जाँदा अन्यलाई धरौटी मागिएको छ । 

यो प्रकरणमा सञ्चालक समितिका सदस्य हरिहरप्रसाद लामिछानेलाई ५० लाख धरौटी मागिएको थियो । मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दाबी गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ