arrow

पोखरामा लागुऔषधसहित तीन युवा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १८ शनिबार
pakrauu.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीद्धारा पोखरा ममहानगरपालिका वडा नं. ७ नुहारथोकबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका वडा नं. ५ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ नुहारथोक बस्ने वर्ष ३४ का सुजित मुल्मी, वर्ष ३१ का रविन मगर र मकवानपुर बकिया गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३१ को बाबुराम मोक्तान रहेका छन् । 

उनीहरुको साथबाट लागूऔषध डाईजापाम ६५ एम्पुल, फेनेरागन ६५ एम्पुल, नुर्फिन ६५ एम्पुल गरी १९५ एम्पुल, कालो छालाको दाप धारिलो हतियार थान एक र मोबाईल चार थान बरामद भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

उनीहरूलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ