arrow

देउवा दुवै मोर्चामा सफल भएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
deuba.PNG

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको दाबी गरेका छन् । देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको कुरा कामबाट प्रमाणित भएको उनले बताए । 

उनले भने,' अहिलेको सरकार विशेष राजनीतिक परिवेशमा, विशिष्ट जिम्मेवारी बोकेर निर्माण भएको हो । तत्कालीन नेकपाको सरकार खास गरी तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले संविधान भत्काउने काम गरिसकेपछि, पटक–पटक प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई अन्यौल र अस्थिरतातर्फ लिएर जाने काम गरेको थियो । संविधान भत्काउने काम गरेको थियो, हामीले अत्यन्तै ठूलो त्याग, तपस्या र मेहनतले बनाएको संविधान नै निश्प्रभावी हुने गरि अघिल्लो सरकारले काम गर्न थाल्यो, त्यसको विरुद्धमा अहिलेको सरकार बनेको हो । यो पाँच दलीय गठबन्धन बनेको हो ।'

उनले वर्तमान गठबन्धनको मुख्य जिम्मेवारी भनेको संविधान रक्षा गर्नु रहेको स्मरण गर्दै अहिले सोहीअनुसार काम भइरहेको दाबी गरे । उनले भने,' सरकारले आवधिक निर्वाचनलाई महत्त्व दिएको छ । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ, अहिले मुलुक संविधान निश्प्रभावी हुने खतराबाट जोगिएको छ । 

उनले सरकारले कोभिड–१९ बाट जोगाउन नागरिकको जिम्मेवारी सरकारले लिएको बताए । उनले भने,' यो सरकार गठन हुँदाखेरि कोभिड–१९ बाट मुलुक आक्रान्त थियो, कोभिडको जोखिमपूर्ण अवस्था थियो । जनताको ज्यानको सुरक्षा गर्ने पहिलो जिम्मेवारी सरकारको हो । सरकारले पहिलो प्राथमिकता खोप भनेको थियो । प्रधानमन्त्रीज्यूले पनि सबै नागरिकलाई खोपको प्रतिबद्धता जनाउनुभएको थियो, त्यसअनुसार सरकार सफल भएको छ ।'

उनले सरकार सफल भएको दाबी गरे,' यो सरकार पाँच वर्ष शासन सत्ता सञ्चालन गर्न गठन भएको होइन । जनताबाट पाँच वर्ष शासन गर्न गठन भएको तत्कालीन ओली सरकारले गरेका गलत काम रोक्नको लागि यो सरकार गठन भएको हो । प्रधानमन्त्री देउवाले तदअनुरुप आफ्ना काम अघि बढाउनुभएको छ । जे उद्देश्यले सरकार गठन भएको हो, त्यो काम देउवाले गरिरहनुभएको छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ