arrow

कुमारी बैङ्क र नेपाल ल्याब हाउसबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
kumari-bank-nepal-lab-house-mou.jpg

काठमाडौँ। आफ्ना ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैङ्क लिमिटेडले र नेपाल ल्याब हाउससँग सम्झौता गरेको छ।

सो सम्झौता–पत्रमा कुमारी बैङ्कका मार्केङ प्रमुख नवीन मुनि बज्राचार्य तथा नेपाल ल्याब हाउसका तर्फबाट प्रबन्ध निर्देशक विदुर प्रसाद बस्तीले गरेका थिए।

उक्त सम्झौता–पत्र अनुसार नेपाल ल्याब हाउसका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैङ्कको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ।

कुमारी बैङ्कले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४६ शाखारहित बैङ्किङ इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ