- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रहरीले आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले संरक्षित वन्यजन्तु भालुको आखेटोपहार अवैध रुपमा बेचविखन गर्ने दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ का हरिओम रसाइली र रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ का भजिन्द्र दर्जी रहेका छन् । प्रहरीले पक्राउ परेको दुवैलाई आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले संरक्षित वन्यजन्तुको आखेटोपहार बेचबिखन गरिरहेको अवस्थामा गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले पक्राउ परेका उनीहरुसँग रहेको आखेटोपहारसमेत बरामद गरेको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको प्रवक्ता महतोले बताए ।