arrow

तनहुँमा ६ किलो गाँजासहित एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
pakrau9.jpg

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले ६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. २ गौराटोलका ४५ वर्षीय राजन श्रेष्ठ रहेका छन् । 

इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक हरिबहादुर क्षेत्रीको नेतृत्वमा गएको टोलीले गाँजासहित श्रेष्ठलाई पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ