arrow

त्रियासी लाख रुपैयाँ आलुको बोरामा, दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
Arrest-Crime.jpg

धनुषा । धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित मंगलबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकनन्दनी गाउँपालिका–५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन् । 

उनीहरुलाई जनकनन्दनी–१ इनर्वा सीमाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए । प्रहरीले भारतबाट ज७प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा रकम बोकेर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए ।

दुवै जनालाई आवश्यक कारबाहीका लागि रकमसहित जिल्ला भन्सार कार्यालय जनकपुरको जिम्मा लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ