arrow

गोरखामा बस दुर्घटना : २० घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
accident.jpg

गोरखा । गोरखामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । जसमा पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते पाँच जनालाई उपचारका लागि चितवन पठाइएको छ । अन्य घाइते १५ जनाको गोरखा नगरपालिका-१० छेपेटारस्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले बताए ।

जिल्लाको सिरानचोक गाउँपालिका वडा नं. ४ राम्चेमा बस दुर्घटना भएको हो । नारायणगढबाट अजिरकोट गाउँपालिकाको भच्चेक जाँदै गरेको ना५ख ५३०५ नम्बरका बस सडकमै पल्टिएको बताइन्छ । दुर्घटनाको कारण भने खुलेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ