arrow

नक्कली डाक्टर बनेर ठगी गर्ने दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
pakrau.jpg

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली चिकित्सकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका २७ वर्षका राम अर्याल र नवलपुर कावासोतीका वर्ष २१ का गणेश भण्डारी रहेका छन् । 

बागलुङ नगरपालिका वडा नं. २ स्थित शंकर पोलिक्लिनिकमा अवैध व्यक्तिले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरिरहेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले अर्याल भण्डारीलाई पक्राउ गरेको हो । 

प्रहरीले पोलिक्लिनिकमा अनुसन्धान गर्दा सम्बन्धित चिकित्सकको अनुपस्थितिमा स्वास्थ्य परीक्षण सम्बन्धी जानकारी नभएको व्यवस्थापन सङ्काय अध्ययनरत व्यक्तिबाट शारीरिक चेकजाँच गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको पाईएको प्रहरीले जनाएको छ । 

पोलिक्लिनिकको तलासी लिँदा कुनै विवरण नभरिएको तर चिकित्सकको छाप दस्तखत भएको प्रमाणपत्र लगायत छाप, रसिद, स्ट्याम्प प्याडसमेत फेला पारी रीतपूर्वक बरामद गरी उक्त कसूरमा नियन्त्रणमा लिई बागलुङ जिल्ला अदालत बागलुङबाट पहिलो पटक पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ