arrow

मुलुकमा हिन्दूराष्ट्र स्थापित गर्छौं : अध्यक्ष थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
Kamal-Thapa.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले लोकतान्त्रिक हिन्दूराष्ट्र स्थापित हुने दाबी गरेका छन् ।

पार्टी जनवर्गीय सङ्गठन पूर्वप्रहरी परिषद्को केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको नेपालमा धर्मनिरपेक्ष लोकतान्त्रिक मूल्यमान्यता विरुद्ध रहेको बताए । 

हिन्दूराष्ट्रको वकालत गर्ने पार्टी राप्रपा नेपाल मात्रै रहेको दाबी गर्दै उनले आगामी दिनमा सम्वद्र्धनवादको विचार बोकेको राप्रपा नेपाल देशको प्रमुख राजनीतिक शक्ति बन्ने जिकिर गरे । 

अध्यक्ष थापाले सम्वर्द्धवाद र हिन्दूत्वको मुद्दालाई अगाडि बढाएको राप्रपा नेपालले धर्म परिवर्तन, बेरोजगारी समस्या, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गरी देश विकासमा भूमिका निर्वाह गर्ने दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ