arrow

भरुवा बन्दुकसहित थापा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
pakrau9.jpg

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार बिहान एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घिरिङ गाउँपालिका वडा नं ५ मोचाबारी बस्ने ४० वर्षीय मानबहादुर थापा रहेका छन् ।

प्रहरी चौकी घिरिङ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुक लिइ हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ