arrow

बोका खायो अजिङ्गरले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
ajingir-goat.jpg

उदयपुर । चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरस्थित सामुदायिक वनमा अजिङ्गर भेटिएको हो ।

अजिङ्गरले एउटा बोका खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ । अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो । 

अजिङ्गरलाई कोशी टप्पु आरक्षमा लगेर छोडिने डिभिजन वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ