arrow

उपत्यकामै जाली नोट, हजारका नक्कली नोटसहित ३० वर्षे युवा पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
nakkali-note1.jpg

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक बस्ने ३० वर्षीय निर बिकार प्रजापतिलाई एक हजार दरका १३ थान जाली नेपाली नोटसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । 

सूर्यविनायक नगरपालिका–८ सूर्यविनायकस्थित खाजा पसलमा निर बिकार प्रजापतिको साथमा जाली नोट छ भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त जाली नोटसहित फेला पारी पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ