arrow

आमाको कुटाइबाट नाबालक छोरा गम्भीर, आमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
Sagar Nepali.jpg

पोखरा । आफ्नै नाबालक छोरालाई कुटेर घाइते बनाउने आमालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. १० जुवालथरकी ३२ वर्षीया टिकादेवी नेपाली रहेकी छन् ।

प्रहरीका अनुसार आमा टिकादेवीले आफ्नै ६ वर्षका नाबालक छोरा सागरलाई अंगेनामा आगो फुक्ने ढुंंग्रो र अगुल्टोले हिर्काएकी थिइन् । आमाको कुटाइबाट सागर गम्भीर घाइते भएका थिए । 

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेका अनुसार जनप्रतिनिधिले खबर गरेपछि प्रहरीले घाइते नाबालक सागरको उद्धार गरि अस्पताल पुर्याएको थियो ।  

नाबालक सागरको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार प्राथमिक उपचारपछि पोखरा ल्याइएको छ । उनका हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

स्थानीयका अनुसार टिकादेवीले शुक्रबार राति छोरा सागरलाई पिटेकी थिइन् । शनिबार दिउँसो पनि छोरालाई पिटेर गम्भीर घाइते बनाएपछि टिकाले घाइते छोरो बोकेर खोलाको किनार किनारै दौडिएकी थिइन् । 

त्यसपछि जनप्रतिनिधिको सहयोगमा बालकको उद्धार गरि प्रहरीलाई जिम्मा लगाइएको बताइन्छ । स्थानीयले टिकादेवीले छोरालाई खोलामा फाल्ने योजना बनाएको आरोपसमेत लगाएका छन् । बालकका बुबाको एक महिना अघि मृत्यु भएको बताइन्छ । 

एक जनप्रतिनिधिका अनुसार बालकको टाउकोबाट धेरै रगत बगेका कारण रगत हाल्नुपर्ने भएको छ । उनको उपचारका लागि अझै केही दिन अस्पताल राख्नुपर्ने चिकित्सकले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ