arrow

जनसंख्यामा चीनलाई भारतले उछिन्दै, विश्वको जनसंख्या आठ अर्ब पुग्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
un-world-population.jpg

काठमाडौं । सोमबार प्रकाशित संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले आगामी वर्ष भारत चीनलाई उछिन्दै विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने प्रक्षेपण गरेको छ । यस्तै आउँदो सन् २०२२ को नोभेम्बरमा विश्वको जनसंख्या ८ अर्ब नाघ्नेसमेत उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विश्वको जनसङ्ख्या एक अर्ब पुग्न सयाैं वर्ष लागेको थियो । तर, सात गुणा वृद्धि हुन २०० वर्ष मात्रै लागेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०११ मा विश्वको जनसंख्या ७ अर्ब पुगेको थियो ।

संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभागले गरेको प्रक्षेपणले विश्वको जनसंख्या सन् १९५० यताकै सबैभन्दा सुस्त गतिमा वृद्धि भइरहेको बताए पनि अघिल्लो तीव्र वृद्धिको प्रभाव आगामी केही वर्षसम्म महशुस हुनेछ । 

'प्रजनन उमेरमा बाँचिरहेका धेरै मानिसहरूको संख्याले जन्मदरमा नाटकीय वृद्धि भएको थियो । प्रजनन दरमा ठूला परिवर्तनहरू, बढ्दो सहरीकरण र द्रुत बसाइसराइको यसका थप कारण हुन्,' संयुक्त राष्ट्रको रिपोर्टमा उल्लेख छ,'यी प्रवृतिहरूले आउने पुस्ताका लागि दूरगामी प्रभाव पार्नेछ।'

प्रतिवेदनले सन् २०३० मा विश्वव्यापी जनसंख्या ८.५ अर्ब र २०५० मा ९.७ अर्ब पुग्ने प्रक्षेपण गरेको छ । जुन २०८० को दशकमा करिब १०.४ अर्ब जनसङ्ख्यामा पुगेर सन् २१०० सम्म त्यो स्तरमा स्थिर रहनेछ ।

संयुक्त राष्ट्रसंघले जनसङ्ख्या वृद्धि स्वास्थ्य र आर्थिक विकासमा भएको प्रगतिको सूचक भए पनि विश्वका केही अत्यावश्यक समस्याहरूलाई सम्बोधन गर्न प्रभावकारी नीतिहरूको आवश्यकतालाई पनि जोड दिएको छ।

राष्ट्र संघको रिपोर्टले वैश्विक विकास सबैतिर समानरुपमा भने नभएको र ११ प्हिले उठाएका जलवायु परिवर्तन, हिंसा र भेदभावका मुद्दा झनै गम्भीर बनेको उल्लेख गरेको छ ।

विश्वको जनसंख्या वृद्धिको आधा प्रक्षेपण केवल ८ देशमा केन्द्रित हुने प्रतिवेदनमा उल्लेख छ । ती देश प्रजातान्त्रिक गणतन्त्र कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया रहेको रिपोर्टले उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ