arrow

हत्या आरोपमा कैद सजाय सुनाइएका पोखराका मिजार पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
pakrau9.jpg

पोखरा । हत्या आरोपमा कैद सजाय सुनाइएका पोखराका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १४ मझेरीपाटनका ३६ वर्षीय कृष्ण मिजार रहेका छन् । 

उनलाई रवीन्द्रकुमार मल्लको हत्यामा संलग्न भएको आरोपमा शनिबार पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउसबाट बाट पक्राउ गरिएको बताइन्छ । 

मिजारमाथि विसं २०६४ कात्तिक १९ गते काठमाडौँ महानगरपालिका वडा नं.२६ गोँगबु मित्रनगरस्थित सडकमा कुटपिट गरी हत्या गर्ने कार्यमा संलग्न भएको आरोप छ ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनले १० वर्ष कैद सजाय फैसला गरेका मिजारलाई पक्राउ गरिएको जानकारी दिए । 

उच्च अदालत पाटनले पक्राउ मिजारलाई विसं २०६७ असोज १८ गते १० वर्ष कैद हुने फैसला गरेको थियो । 

पक्राउ मिजारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको प्रवक्ता महतोले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ