arrow

जसपा विवाद : बाबुराम पक्षको बैठक बस्दै, उपेन्द्र वीरगञ्जमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
baburam-and_Upendra.png

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहको बैठक आज बस्न लागेको छ । मङ्गलवार र बुधवार काठमाडौंमा बाबुराम पक्षले भेला डाकेको छ । 

उता अध्यक्ष उपेन्द्र यादव केन्द्रीय समितिको बैठकका लागि आज वीरगञ्ज पुगेका छन् । डा. भट्टराईले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठकसँग जुध्ने गरी यादवले पनि केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

भोलीदखि उपेन्द्र पक्षको केन्द्रीय समिति बैठकको वीरगञ्जमा बस्दै छ । बैठक असार २९ र ३० गते बस्दै छ । 

मन्त्रीमण्डल फेरबदलपछि उपेन्द्रसँग बाबुराम अझ रुष्ट भएका छन् । भट्टराई र यादवबीच अलग हुने सहमति भइसकेको छ । 

यादव पक्षले बोलाएको बैठकमा भट्टराई र भट्टराईसँग निकट मानिएका केही केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छैन । यसै गरी भट्टराईले पनि यादव पक्षीय नेताहरूलाई बोलाएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ