arrow

एलन मस्कविरुद्ध ट्विटरले हाल्यो मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
elonmusktwitter.PNG

काठमाडौं । विश्वकै धनाढ्य टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कविरुद्ध ट्विटरले मुद्दा हालेकाे छ । ट्विटरले अमेरिकाको डेलावेयर अदालतमा मुद्दा दर्ता गरेको हाे ।

मस्कले प्रति सेयर ५४.२० डलरका हिसाबले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झौता लत्याएको भन्दै कम्पनीले मुद्दा हालेको हो । मस्कले कानून विपरीत कम्पनीलाई रद्दीको टोकरीमा फालेर, कार्य सञ्चालनमा बाधा पुर्याएर र स्टकहोल्डरको मूल्य नष्ट गरेर सम्झौता रद्द गर्नसक्ने स्वतन्त्रता ठानेको कम्पनीले दर्ता गरेको उजुरीमा लेखेको छ ।

वाल स्ट्रिटको इतिहासमै सबैभन्दा ठूलो महत्वपूर्ण मुद्दाले चाँडै गति लिने ठानिएको छ ।

ट्विटरले फेक अकाउन्ट र बुटहरुलगायत आफूले मागेको विवरण उपलब्ध नगराएको भन्दै मस्कले शुक्रबार ट्विटर किन्ने सम्झौता रद्द गर्न लागेको बताएका थिए ।

ट्विटरले मस्कको यो कदमबाट भएको क्षतिहरुको लामो सूची बनाउँदै मुद्दा दर्ता गरेको छ ।

यस्तै मस्कले नियामकहरूलाई आफ्नो पर्याप्त खरिद ठीकसँग खुलासा नगरी जनवरी र मार्चको बीचमा गोप्य रुपमा कम्पनीको शेयर किनेको आरोप लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ