arrow

ओडारमा बसेका दलित परिवारले पाए घर बनाउन घडेरी 

दलित परिवारलाई थापाले किनिदिए घर बनाउन घडेरी 

logo
कौरव खत्री,
प्रकाशित २०७९ असार ३१ शुक्रबार
chaune-damai.jpg

बागलुङ। बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं. ४ डिगाँउ नेपालगन्ज स्थित स्थायी घर भएका निवासी समाजसेवी लिल बहादुर थापाले बागलुङ बडिगाडका एक व्यक्तिलाई घर निर्माणको लागि घडेरी खरिद गरिदिएका छन् ।

विगत १४ वर्ष यता हाल अमेरिकामा रोजगारीको सिलसिलामा कार्यरत रहँदै आएका थापाले घरबास विहीन बनेर बडिगाड गाउँपालिका वडा नं. ६ को खाल नजिकैको ओडारमा बसोबास गदै आएका जुना दमाईको परिवारलाई समाजसेवी थापाले आफ्नो एकल लगानीमै घर निर्माणको लागि घडेरी खरिद गरिदिएका छन् । साथै थापाको आर्थिक सहयोगमा बडिगाड गाउँपालिका वडा नं. ५ को टारीमा घडेरी खरिद गरेर पीडित जुना दमाईको नाममा रजिष्टेशन पास समेत भैसकेको छ । अबको केही दिनमै दलित परिवारको घर निर्माणको कार्य अगाडी बढ्ने र घर निर्माणको लागि लाग्ने सम्पूर्ण खर्च समाजसेवी थापा आफैले गरिदिने थापाले बताए ।

घरको आर्थिक अवस्था निकै कमजोर भएका दलित परिवारको जीटिभी नेपालका सञ्चालक दिपक नेपालीले सञ्चालन गरेको कार्यक्रम सङ्घर्षका कथा मार्फत प्रसारण देखेर र सुनेर आफूले पीडित दलित परिवारलाई सहयोग गरेको समाजसेवी तथा सहयोगी थापाले बताए । साथै सहयोगी थापाले भने, घर निर्माणमा लाग्ने सम्पूर्ण खर्च समेत आफैले गर्ने बताए ।

त्यस्तै पिडितलाई लालपुर्जा हस्तान्तरण कार्यक्रममा बोल्दै बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले यति ठूलो सहयोग मनकारी आर्थिक सहयोगी थापालाई धन्यवाद दिँदै दुखीलाई जग्गा खरिद गरेर लालपुर्जा हस्तान्तरण गर्ने यो कार्य सबैका लागि उदाहरणीय कार्य र आफ्नो लागि पनि पहिलो भएको बताए ।

त्यस्तै ४ जनाको परिवार सहित हाल ओडारमा बस्दै आएका वृद्ध चाउने दमाईले गहभरि आँसु झादै भने,अहिले आफूहरूको लागि साँच्चै नै जिउँदो भगवान् आएको भन्दै खुशी व्यक्त गरे । साथै वृद्ध दमाईले आफ्ना लागि सहयोगी थापा भगवान् बनेर आएको भन्दै धेरै धन्यवाद र आर्सीवाद दिए ।

पछिल्लो समयमा समाजसेवी थापाले विदेशमा आफूले कमाएको धन पैसाको केही कमाई समाजसेवामा खर्चिँदै आएका छन् । समाजसेवी थापाले गुल्मी तथा बागलुङ लगायतका विभिन्न स्थानमा रहेका दुःखी,गरिब र अशक्त,असहाय एवं दिन दुखीहरू पीडितहरूलाई आर्थिक सहयोग गदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ