arrow

विद्युत उत्पादन गृह भत्कियो, चौकीदारका श्रीमतीसहित दुई छोराको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
hydropower.jpeg

सुर्खेत । हुम्लाको हिमा गाउँपालिका १ आचार्यलिहीमा विद्युत उत्पादन गृह भत्किएको छ । घटनामा विद्युत उत्पादन गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको छ । 

भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा शुक्रबार बिहान करिब साढे २ बेजे ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावतको ज्यान गएको हो ।

प्रहरी चौकीका अनुसार राति बत्ती बन्द भएपछि हेर्न जाँदा यो घटना भएको खुलेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ