arrow

अनुदान आयोगले मंगलबारे क्याम्पसलाई दियो क्यूएए सर्टिफिकेट 

मंगलबारे बहुमुखी क्याम्पस इलाम, गुणस्तर शिक्षा प्रदान गर्ने सूचीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
mangalbare-campus.jpg

काठमाडौं । मंगलबारे बहुमुखी क्याम्पस इलामले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) सर्टिफिकेट पाएको छ। 

गत बुधवार विश्वविद्यालय अनुदान आयोगमा आयोजित एक विशेष कार्यक्रमकाबीच क्याम्पसलाई क्यूएए सर्टिफिकेट वितरण गरिएको हो । 

क्याम्पसमा आवश्यक पूर्वाधार तथा सुविधा हुनुका साथै गुणस्तरीय पढाइ र शैक्षिक क्रियाकलापमा अब्बल भएको भन्दै विश्वविद्यालय अनुदान आयोगले सो प्रमाणपत्र हस्तान्तरण गरेको हो।

विभिन्न चरणहरु पार गरेर गुणस्तरको लागि यस क्याम्पसले क्यूएए सर्टिफिकेट प्राप्त गरेकोमा आयोगको तर्फबाट धन्यवाद दिँदै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न मेहनतका साथ काम गर्नुहुनेछ भन्ने विश्वास लिएको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीम सुवेदीले बताए । 

'अनुदान आयोगले राखेका विभिन्न चरणहरू पार गरेर मंगलबारे बहुमुखी क्याम्पसले लामो समयको प्रयास र प्रयत्नपछि क्यूएए सर्टिफिकेट प्राप्त गर्न सकेकोमा अत्यन्तै खुशी भएका छौं ।' अबको दिनमा यस क्याम्पसले अझ गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि थप जिम्मेवारी भएर काम गर्ने क्याम्पसका अध्यक्ष मेघप्रसाद चम्लागाईले बताए । 

सो कार्यक्रममा देशभरका आठ वटा उत्कृष्ट क्याम्पसहरूले यस पटक क्यूएए सर्टिफिकेट प्राप्त गरेका छन् । अनुदान आयोगका अनुसार हालसम्म देशभरिका सरकारी, सामुदायिक तथा निजी स्तरका ४० वटा शैक्षिक संस्थाले क्यूएए प्रमाणपत्र पाइसकेका छन्।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति, प्रोफेसरहरू, विभिन्न क्याम्पसका क्यूएए सर्टिफिकेट अध्ययन टोलीका सदस्यहरू, क्यूएए सर्टिफिकेट प्राप्त गर्ने क्याम्पसका प्रतिनिधिहरू सहभागी रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ