arrow

पोखरामा ६ जना जुवाडे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३२ शनिबार
Kaski Police.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडबाट बिहीबार राति छ जना जुवाडे रंगेहात पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा पोखरा-२६ लेखनाथ घर भएका ३२ वर्षीय नविन गौचनको कोठामा जुवातास खेलिरहेको अवस्थामा गौचनसहित छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालउ कास्कीले जनाएको छ । 

पक्राउ पर्नेमा गौचनसहित मुस्ताङको थासाङ गाउँपालिका वडा नं.३ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोड बस्ने वर्ष ५४ को सोमत तुलाचन, पोखरा २ अर्चलबोट बस्ने वर्ष ५३ का विराट केसी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं.३ घर भई हाल पोखराको न्यूरोड बस्ने वर्ष ४९ का कविन तुलाचन, पोखरा फूलबारीका वर्ष ४६ का अमित गुरुङ र वर्ष ४५ का नरकाजी गुरुङ रहेका छन् । 

उनीहरुको साथबाट दुई लाख ५३ हजार रूपैयाँ र २०८ पत्ती बरामद गरिएको कास्की प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । 

पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ