arrow

गाँजासहित एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३२ शनिबार
pakrau9.jpg

पोखरा । पोखरामा तीन किलो गाजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ३१ किमवेशीका २५ वर्षीय जीवन परियार रहेका छन् ।

वडा प्रहरी कार्यालय गगनगाैडा कास्कीबाट खटिएको प्रहरी टोलीले बिहीबार पोखरा महागनरपालिका वडा नं. ३० पावर हाउसबाट परियारलाई पक्राउ गरेको हो ।

सवारी चेक जाँच गर्दालाई तीन किलो ३८५ ग्राम गाजा र मोवाइल एक थानसहित पक्राउ गरेको हो ।

उनलाई लागू औषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ