arrow

पोखरामा एटीएम मेशिन फुटाउन प्रयास गर्ने युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
naresh pun.jpg

पोखरा । पोखरामा बैंकको एटीएम मेशिन फुटाउन प्रयास गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम घर भइ पोखरा ममहानगरपालिका वडा नं. ९ पृथ्वीचोक बस्ने वर्ष १९ का नरेश पुन मगर रहेका छन् ।

कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार नरेशले असार ३१ गते राति  न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटीएम मेशिन मेसिन फुटाउन प्रयास गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई असार ३२ गते पक्राउ गरेको जनाएको छ । उनलाई जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ