arrow

नक्कली सुन देखाई ठगी गर्ने दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
Thagi.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका वडा नं. ८ बसन्तपुर घर हाल पोखरा-४, रामकृष्ण टोल बस्ने वर्ष ३५ का धर्मेन्द्र खाती (शाय) र स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नं. ४ रापाकोट घर भइ हाल पोखरा १६ घर्मीखोला बस्ने वर्ष ४० का डिलबहादुर बिक रहेका छन् । 

उनीहरुले पोखराको न्यूरोडस्थित एक होटलमा नक्कली सुनको दुई वटा बाला देखाई सक्कली हो भनी ठगी गर्न खोजेको कास्की प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवै जना विरुद्ध आपराधिक षडयन्त्र सम्बन्धी कसुरमा कास्की जिल्ला अअदालतबाट सात दिन म्याद लिएर अनुुन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ