- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल मजदूर किसान पार्टी नेमकिपाका सांसद प्रेम सुवालले कञ्चनपुरको पुनर्वास नगरपालिका ९ बिचफाँटमा रहेको जङ्गे पिल्लर नम्बर १९५ ढालिएको वर्षौं भएको बताएका छन् । बुधवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सुवालले अरू पिल्लर पनि गायब पारिएको बताए ।
सुवालले भने,' कञ्चनपुरको पुनर्वास नगरपालिका ९ बिचफाँटमा रहेको पिल्लर नम्बर १९५ ढालिएको वर्षौं भयो । ढलेको सीमास्तम्भ स्थलमा अझै नेपालीहरू जान नपाएको गुनासो छ । पिल्लर १९६ बर्षैदेखि भारत सरकारले गायब पारेको समाचार छ ।'
सुवालले पिल्लर नम्बर १९६ को पाँच किलोमिटर बर नक्कली पिलर खडा गरेको जनताको गुनासो गरेको बताए । उनले भने,' भारत सरकारलाई पिल्लर नम्बर १९६ को पाँच किलोमिटर बर नक्कली पिलर खडा गरेको जनताको गुनासो छ ।'
भारत सरकारले दूधवा नेश्नल पार्कसँग जोडिएको नेपालको भूभाग रहेको जङ्गल माओवादी द्वन्दकालमा गायब पारेको बताए । उनले भने,' त्यहाँका स्थानीय जनताका अनुसार २ लाख ५० हजार बर्गमिटर क्षेत्रमा रहेको प्याराताल वरपरको करिब २०० विगाह जमिन अतिक्रमण गर्न भारत सरकारले १९५ नम्बरको पिल्लर ढालेको र १९६ नम्बरको पिल्लर गायब पारेको बताइन्छ ।'
प्यारताल भन्दा दक्षिण करिब पाँच सय मिटर दुरीमा सीमा स्तम्भ १९५ र १९६ रहेको छ ।
सरकारका नेता, अधिकारीहरू जति जति भारत भ्रमणमा जान्छन् त्यति भारतले अतिक्रमण गरेको सुवालले आरोप लगाए । उनले भने,' भारत सरकारले कञ्चनपुरको पुनर्वास, परासन, रामपुर, विलासपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, गड्डाचौकि, ब्रह्मदेवको नेपाली भूमि मिचेको स्थानीय जनताको गुनासो छ ।'