काठमाडौं । नेपाल प्रेस युनियनको हेटौंडामा जारी महाधिवेशनको निर्वाचनमा संस्थापन इतर पक्ष अगाडि रहेको छ । खसेको १३ सय ८४ मतमध्ये ६ सय मत गणना हुँदा इतर पक्षका अध्यक्षका उम्मेदवार शिव लम्सालले ४५ मतले अग्रता लिएका छन् ।
शिवले ३१६ मत ल्याउँदा संस्थापन पक्षकी उम्मेदवार अनिता बिन्दूले २७१ मत ल्याएकी छिन् । मध्यरातदेखि शुरु भएको मतगणना बिहान भएपछि निर्वाचन अधिकृतहरु विश्राममा गएपछि मतगणना रोकिएको थियो । त्यसपछि दोस्रो चरणमा मतगणना भइरहेको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेम केसीले २९५ मत ल्याउँदा सरोज अधिकारीले २८७
उपाध्यक्षमा नकुल अर्याल ३३२, भिष्मराज ओझा २८०, राममणी दाहाल २५० र
शेखर रेग्मीले १८१ मत पाएका छन् ।
उपाध्यक्ष महिलामा सलोजा दाहालले ३१६ मत ल्याउँदा कल्पना शर्माले २७९ मत ल्याएकी छिन् ।
त्यस्तै उपाध्यक्ष (प्रदेश नं १) मा डिल्लीराम खतिवडाः २४७, लवदेव ढुंगानाः १२०
हेमराज दाहालः १९४ मत ल्याएका छन् ।
उपाध्यक्ष ( मधेस प्रदेश) मा अनिल कर्ण २४४ ले रोशनकुमार न्यौपाने २७३ मत ल्याएका छन् ।
उपाध्यक्ष (बाग्मती प्रदेश) मा गिरिजा प्रसाद अधिकारीः २९१
डा. मुरारी अधिकारी ः २८५ मत ल्याएका छन् ।