arrow

'हतारमा टिकट वितरण गरे गठबन्धनलाई धेरै ठाउँमा क्षति' 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
purna-bahadur-khadka1.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हतारमा टिकट वितरण गरिएकाले गठबन्धनलाई धेरै ठाउँमा क्षति पुगेको बताएका छन् ।  

आइतबार एक कार्यक्रममा उपसभापति खड्काले भने, स्थानीय तहको निर्वाचन परिणामपछि गठबन्धनभित्रका शीर्ष नेताबीच भएको समीक्षा बैठकमा प्राविधिक रूपमा सिट बाँडफाँडको निर्णय समयमा नगर्दा क्षति भएको कुरा शीर्ष नेताहरूले स्वीकार गर्नुभएको छ।  टिकटका आकाङ्क्षी धेरै हुन्छन् र हतारमा टिकट वितरण गर्दा अर्को विडम्बना आइपर्छ।' 

गठबन्धनका दलबीच प्रदेश र प्रतिनिधि सभाको टिकट समयमै व्यवस्थापन गरिने सहमति भएको बताए । उपसभापति खड्काले प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारको चयन एक डेढ महिनाअघि नै टुङ्गो लगाइने बताए। उनले भने,' तसर्थ उम्मेदवार छनोटमा शीर्ष नेताबीच डेढ महिनाअघि नै टुङ्गो लगाइने छलफल भएको छ।' 

प्रदेश र प्रतिनिधि सभाको चुनावको मिति पनि केही दिनमै टुङ्गो लाग्ने उपसभापति खड्काले बताए । 
 

 



नयाँ