arrow

तीन साथीको मृत्यु रहस्यमय बन्दै, हत्याको आशङ्का

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
3-gril.jpg

काठमाडौं । झापामा तीन जना मिल्ने साथीहरूसँगै झुण्डिएको घटनाको विस्तृत विवरण आइसकेको छैन । प्रहरीले तीनै जनाको शवलाई पोस्टमार्टमका लागि धरान घोपा पठाइएको छ तर रिपोर्ट आउने क्रममा छ । प्रारम्भिक छानबिनका क्रममा उनीहरूले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिए पनि कारण खुल्न सकेको छैन । 

कचनकवल गाउँपालिका-५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा दुई जना एउटै हाँगामा र अर्की किशोरी अर्को हाँगामा झुण्डिएको अवस्थामा आइतबार बिहान फेला परेका थिए । 

मृत भेटिएका १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेश मिल्ने साथी थिए । ज्यादै अप्ठेरो ठाउँमा उनीहरूको शव भेटिएकाले कसरी त्यहाँ उनीहरू झुन्डिए होलान् भन्ने आशङ्का उत्पन्न भएको छ । उनीहरू सोही चिया बगानमा मजदुरी गर्दै आएका थिए । घटनास्थल नेपाल-भारत सीमा क्षेत्रमा पर्छ।

झापाका प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार दुई जनाको गोजीमा मोबाइल फेला परेको छ । दुबै मोबाइलमा ‘प्याट्रोन लक’ रहेको र मोबाइल जाँचका लागि डिजिटल फोरेन्सिक ल्याबमा पठाइको छ । उनका अनुसार तीनमध्ये एक किशोरीको फोनमा केही समयअघि भारतीय नम्बरमा सम्पर्क भएको देखिएको छ । 

उनले हत्या भएको दाबी गर्ने कुनै आधार नभएको बताए । पोस्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा खुल्ने बताए । आइतबार नै तीनै जनाको अन्त्येष्टि भएको परिवारले जनाएको छ ।

स्थानीय बासिन्दाले भने घटना हत्या भएको बताएका छन् । सीमावर्ती क्षेत्रमा भएको यो घटनामा भारतीयहरूको संलग्नता पनि हुन सक्ने आशङ्का छ । सो घटनालाई लिएर प्रहरी सूक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको छ । तीनै जनाको शवमा कुनै चोटपटक नदेखिएको प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ