arrow

शेखर कोइराला भन्छन् – लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
shekhar-koirala-parsa.jpg

पर्सा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा गत बैशाखमा सम्पन्न  स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने बताए । 

नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले नेकपा (माओवादी केन्द्र) ले भनेजस्तो आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न नहुने बताए । 

उनले भने “सङ्घीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरुको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँटका मुद्दालाई आगाडि बढाउन जरुरी छ । ”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ