arrow

हेपाटाइटिसले वार्षिक १३ लाख मानिसको मृत्यु, यसरी जोगिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
hepatites-dAY.png

काठमाडौं । हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइँदै आएको छ । यो दिवस सन् २००८ देखि विश्व भर मनाउन थालिएको थियो । नेपालमा भने सन् २०१० को जुलाई २८ देखि मात्र मनाउन थालिएको हो । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एक जुट हुनको लागि यो दिन मनाइन्छ । 

विश्व स्वास्थ्य संस्थाको तथ्याङ्क अनुसार विश्वका ३२ करोड ५० लाख मानिसहरू भाइरल हेपाटाइटिस बी र सी बाट ग्रसित छन् ।  १० जनामध्ये ९ जनालाई यो रोगबारे जानकारी नै नभएको तथ्याङ्कले देखाउँछन् । रोगबारे जानकार नहुँदा पनि यो रोगलाई विकराल बनाउन थप सघाउ पुर्‍याएको छ । यस्तो प्रकारको अज्ञानता हटाउनको लागि नै आजको दिन मनाउन थालिएको हो । 

एचआइभी एड्स, मलेरिया, क्षयरोगजस्तै यो रोग पनि विश्वभरिका मानिसहरूलाई मृत्युको सिकार बनाउने डरलाग्दो रोग हो । हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष १३ लाख मानिसहरूको मृत्यु हुने गर्दछ । यो रोगको भाइरसले कलेजोको क्यान्सर जस्तो खतरनाक रोग लाग्नमा मुख्य योगदान गर्ने गर्दछ । 

हेपाटाइटिस भनेकै भाइरल संक्रमणका कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्य गरी पाँच किसिमका हुन्छ ए, बी, सी, डी र इ । यी पाँच किसिमका हेपाटाइटिसहरू घातक र मृत्युको काल सरह मानिन्छ ।

एचआइभी एड्स, मलेरिया र क्षयरोगभन्दा हेपाटाइटिस बी र सी का कारणले वार्षिक धेरै मानिसहरूको मृत्यु हुने गर्दछ । कलेजोको क्यान्सरले मृत्यु हुने ३ मध्ये २ हेपाटाइटिसका रोगी हुने गर्दछन् । अहिले विश्वका ३० लाख मानिसहरू शरीरमा भाइरल हेपाटाइटिस लिएर बाँचिरहेका छन् । हेपाटाइटिस विद्धको खोप धेरै महँगो नहुने भए पनि विश्वका ४८% मुलुकहरूमा यसको प्रयोग हुन सकेको छैन । 

सन् २०३० सम्ममा हेपाटाइटिस निर्मूल गर्न सकेको खण्डमा ३ करोड ६० लाख मानिसहरूमा यो संक्रमण पुग्न पाउँदैन भने १ करोड मानिसहरूको ज्यान बचाउन सकिन्छ ।  यसले मुख्य गरी बालबालिका र कमजोर समूहलाई बढी प्रभाव पार्ने गरेको पाइन्छ ।

हेपाटाइटिस लाग्नुका कारणहरू : 
१) रगतमा विलिरुविन बढेमा हेपाटाइटिस हुने गर्छ ।
२) विषाक्त सुईको प्रयोग, असुरक्षित शारीरिक सम्बन्ध लगायतका कारण यो रोग एकबाट अर्को मानिसमा सजिलै सर्ने गर्छ ।
३) दूषित पानी तथा खानेकुराका कारण लाग्न सक्छ ।

रोकथामका उपायहरू : 
१. दूषित पानी तथा खानेकुराको सेवन नगर्ने
२. खाना खानु अगाडी साबुन पानीले राम्ररी हात धुने
३. सफासुघर बस्ने
४. अस्पताल जाँदै हुनुहुन्छ भने नयाँ सुईको प्रयोग गर्ने । असुरक्षित यौन सम्बन्ध नराख्ने ।
५. फलफूल, तरकारीको सेवन गर्नु पूर्व त्यसलाई सफा पानीले राम्ररी सफा गर्ने
 



नयाँ