arrow

मङ्कीपक्सले लियो ज्यान  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १४ शनिबार
Monkeypox.jpg

काठमाडौं । अफ्रिकाबाहिर पहिलोपटक मङ्कीपक्स भाइरस संक्रमणका कारण मृत्यु भएको छ । ब्रजिलका एक जना ४१ वर्षीय पुरूषको मृत्यु भएको हो । ब्राजिलमा अहिलेसम्म १,०६६ जनामा मङ्कीपक्स पुष्टि भएको छ ।

त्यस्तै स्पेनले पनि भाइरससँग जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ । मङ्कीपक्सबाट मृत्यु भएको युरोपमै पहिलो घटना हो । भाइरसबाट स्पेन सबैभन्दा संक्रमित देशमध्ये एक हो । अहिलेसम्म ४ हजार २९८ जनामा मङ्कीपक्स देखिएको छ । तीमध्ये १३० जना अस्पताल भर्ना भएका छन् ।

एक साताअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । 

नेपालमा अहिलेसम्म मङ्कीपक्स देखिएको छैन । छिमेकी भारतमा भने कम्तीमा चार जनामा पुष्टि भइसकेको छ । 



नयाँ